
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायतका औषधि अभाव नहुने व्यवस्था गर्न निर्देशन दिएका छन्। अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन्।
बुधबार बिहान प्रधानमन्त्री निवासमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत औषधी उत्पादक कम्पनीहरुसँग पनि परामर्श गरेका थिए।
औषधिको कृतिम अभाव सिर्जना गरेको पाइए तत्काल कारबाही गर्न पनि निर्देशन दिइएको छ।