PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, अब कुनको भाउ कति?



पहिलोपोस्ट

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढ्यो, अब कुनको भाउ कति?

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले भाउ बढाएको हो। माघ ५ गते राति १२ बजेबाट लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा ३ रुपैयाँ बढाइएको छ। अब पेट्रोल प्रतिलिटिर १३९ रुपैयाँ पुगेको छ। डिजेल १२२ रुपैयाँ कायम भएको छ।

यस्तै, आन्तरिक हवाइ इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। समायोजित मूल्य अनुसार प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलर बढाइएको छ। नयाँ मूल्य ९९५ अमेरिकी डलर पुगेको छ।

एलपी ग्यासको मूल्य भने बढाइएको छैन।

समायोजनपछि पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell