PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा एकैदिन थपिए ३ लाख बढी कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा एकैदिन थपिए ३ लाख बढी कोरोना संक्रमित
Photo : Reuters

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, २ लाख २३ हजार ९९० जना संक्रमण मुक्त हुँदा संक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ पुगेको छ। हाल कोरोनाको दैनिक संक्रमण दर १६.४१ प्रतिशत रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४९१ जनाले ज्यान गुमाएका छन्। भारतमा हालसम्म कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ४ लाख ८७ हजार २०२ पुगेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म भारतमा ९ हजार २८७ जनामा ओमोक्रोन संक्रमण पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell