PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्रम सम्झौता अनुसार पहिलो चरणमा ९९ जना नेपाली गए इजरायल, माघ १५ र १६ मा अरु पनि जाँदै



पहिलोपोस्ट

श्रम सम्झौता अनुसार पहिलो चरणमा ९९ जना नेपाली गए इजरायल, माघ १५ र १६ मा अरु पनि जाँदै
इजरायल जानेहरुलाई बिदाई गर्न विमानस्थल पुगेका श्रममन्त्री श्रेष्ठ।

काठमाडौं : नेपाल सरकार र इजरायल सरकारबिचको श्रम सम्झौतासँगै पहिलो चरणमा ९९ जना नेपाली इजरायल गएका छन्।

पहिलो पटक सरकारी समन्वय मार्फत जी-टु-जी प्रक्रियाबाट नेपाली कामदारहरु इजरायल गएका हुन्। बुधवार इजरायल जानेमा ६३ महिला र ३६ पुरुष रहेका छन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदरले बिदाई गरेका हुन्।

इजरायलसँग भएको सम्झौता अनुसार आवेदन दिएकाहरुलाई ‘पहिलो आउने पहिलो प्राथमिकता’का आधारमा ९९ नेपाली इजरायल गएका हुन्। त्यस्तै, माघ १५ र १६ गते दुई उडान मार्फत् थप नेपाली इजराजय जाने मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो। छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ।

नेपाल सरकार र इजरायल सरकारबिच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो। इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell