PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

परीक्षा अनलाइनबाट सञ्चालन गर्न नेविसंघका महामन्त्री तिमल्सिनाको माग



पहिलोपोस्ट

परीक्षा अनलाइनबाट सञ्चालन गर्न नेविसंघका महामन्त्री तिमल्सिनाको माग

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमल्सिनाले अहिले सञ्चालनमा रहेका परीक्षाहरुलाई अनलाइन माध्यमबाट गराउन माग गरेका छन्।

कोभिड-१९ को संक्रमण बढिरहेकाले त्रिभुवन विश्वविद्यालय ,पूर्वाञ्चल विश्वविद्यालय लगाएत सबै विश्वविद्यालयका परीक्षा अनलाइनबाट गर्न उनको माग छ।

'सबै विश्वविद्यालयका सबै संकाय र कार्यक्रम अन्तर्गत संचालित परीक्षा तथा विद्यालय एवम् सम्पूर्ण तह र विषयका परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्न माग गर्दछु,' तिमल्सिनाले भनेका छन्।

यस्तै, उनले अनलाइनबाट परीक्षा गर्नुपर्ने माग गर्दै धर्नामा बसेका नेविसंघका विद्यार्थीमाथि प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन्। 

पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको उनको भनाइ छ। उनीहरुलाई अविलम्ब रिहा गर्न उनको माग छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell