PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

बिस्तारै डुब्दै गरेको जकार्ताबाट 'नुसनतारा'मा सर्ने भयो इन्डोनेसियाको राजधानी



पहिलोपोस्ट

बिस्तारै डुब्दै गरेको जकार्ताबाट 'नुसनतारा'मा सर्ने भयो इन्डोनेसियाको राजधानी
File Photo : Nova Wahyudi/Antara Foto, via Reuters

इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट नुसनतारा ( स्थानीय भाषामा अर्चिपेलागो) मा सार्ने तयारी गरेको छ। जकार्ता शहर बिस्तारै डुबिरहेको र २०५० सम्म धेरै भूभाग डुब्ने खतरा रहेको भन्दै सन् २०१९ देखि नै राजधानी सार्ने योजना अघि सारिएको थियो। तर, कोरोना भाइरस संक्रमणका कारण उक्त योजना कार्यान्वयन हुन सकेको थिएन।

हाल भने  सरकारल 'इस्ट कलिमनतन'मा रहेको नुसनतारामा राजधानी बनाउने प्रस्ताव गरेको छ। योजना अन्तर्गत जकार्ता अब इन्डोनेसियाको व्यवसायिक र वित्तिय केन्द्र हुनेछ। प्रशासकिय कार्य भने जकर्ताभन्दा २ हजार किलिमिटर टाढा रहेको इस्ट लकिमनतनमा रहनेछ।

राष्ट्रपति जोको विडोडोले राजधानी सार्दा जकार्ता शहरले राहत पाउने विश्वास व्यक्त गरेका छन्। जकार्ताका धेरै भाग समुन्द्री सतहभन्दा तल पुगि सकेको बताइएको छ। जकार्तामा जमिनमुनीबाट अत्याधिक मात्रामा पानी तान्ने गरिएकाले यो शहर विश्वमै छिटो डुबिरहेको शहरमा पर्छ। त्यसैले त्यहाँ अत्याधिक बाढीसमेत जाने गरेको छ।

८० शहरहरुको नाम मध्ये नुसनतारालाई विडोडोले छनोट गरेका हुन्। उक्त क्षेत्रले इन्डोनेसियाको भूगोलको प्रतिनिधित्व गर्ने र विश्वमा पनि नुसनतारा 'आइकनिक' रहेकोले त्यसलाई नै राजधानीका लागि प्रस्ताव गरिएको  राष्ट्रिय विकास र योजनामन्त्री सुहर्सो मोनोअर्फाले बताएका छन्।

नुसनताराको नाम घोषणासँगै केहीले भने उक्त शब्दले 'अर्चिपेलागो राष्ट्र' भनेर बुझाउने भन्दै त्यसमा आउने दिनमा भ्रम सिर्जना हुन सक्ने बताएका छन्। केहीले भने कलिमनतनमा नयाँ राजधानी बनाउने तयारी हुँदै गर्दा नुसनतारालाई किन चुनियो भनेर प्रश्न उठाएका छन्।

केही आलोचना बिच सरकारले भने नुसनतारालाई नै राजधानी बनाउने गरि तयारी गरेको हो। मंगलवार बसेको संसदले नामसम्बन्धी विधेयक नै पारित गरिसकेको छ। अब अर्को वर्षबाट नयाँ राजधानीको लागि निर्माण कार्य सुरु हुन सक्ने बताइएको छ। सन् २०२४ सम्म नुसनतारामा राजधानी सर्ने अनुमान गरिएको छ।

राजधानी सारेसँगै सरकारले सम्पत्ति पुन: वितरण गर्ने योजना पनि बनाएको छ। जाभामा इन्डोनेसियाको करिब ६० प्रतिशत जनसंख्या बसोवास गर्दै आइरहेको र देशको आधाभन्दा बढी गतिविधि पनि यहीँबाट नै संचालित हुँदै आइरहेको थियो। अब राजधानी रहने क्षेत्र कलिमनतन भने जाभाभन्दा चार गुणा ठूलो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell