PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

अप्रिल ३ मा हुने भयो ग्रामी अवार्ड



पहिलोपोस्ट

अप्रिल ३ मा हुने भयो ग्रामी अवार्ड

कोरोना भाइरसका कारण स्थगित भएको 'ग्रामी अवार्ड २०२२' को नयाँ मिति सार्वजनिक भएको छ। आयोजकले ग्रामी अवार्डको ६४ ‍औँ संस्करण ३ अप्रिलमा लस भेगासमा आयोजना हुने जानकारी दिएको छ।

यसअघि ग्रामी अवार्ड ३१ जनवरीमा अमेरिकाको लस एन्जेल्समा हुने भनिएको थियो। तर, अमेरिकामा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना संक्रमण बढेपछि आयोजकले अनिश्चितकालका लागि अवार्डको मिति स्थगित गरेका थिए।

द रेकर्डिङ एकडेमीले एक प्रेस वक्तव्य निकाल्दै ग्रामीको ६४ औँ संस्करण आगामी ३ अप्रिलमा आयोजना जानकारी दिएको हो। ग्रामी अवार्ड पहिलोपटक लस भेगासमा आयोजना हुने भएको हो।

अवार्डका लागि मनोनयनमा पर्ने कलाकारहरुको सूची गत नोभेम्बरमा नै घोषणा गरिएको थियो। यसअघि पनि गतवर्ष कोरोना महामारीका कारण २०२१ को ग्रामी अवार्ड समारोह स्थगित गरिएको थियो। जनवरी ३१ मा हुने भनिएको अवार्ड मार्चमा सम्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell