PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सवारी साधनमा स्टिकर टाँस्दै ट्राफिक प्रहरीले भन्यो : मास्क लगाउनुस्

सवारी साधनमा स्टिकर टाँस्दै ट्राफिक प्रहरीले भन्यो : मास्क लगाउनुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ। तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातमा समेत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने र मास्क अनिवार्ग गर्न निर्देशन दिएको छ। तर, सार्वजनिक यातायातमा प्रशासनको आदेश पालना भएको छैन।

आज ट्राफिक प्रहरीले काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा 'चेकिङ' गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै प्रशासनको निर्णय बारे जानकारी गराएको छ। त्यसक्रममा सवारी साधनमा चालक/सहचालकले मास्कको प्रयोग नगरेको पाइएको थियो। ट्राफिक प्रहरीले उनीहरुलाई तत्काल मास्क लगाउन र प्रशासनको निर्णय पालना गर्न भनेका थिए।

प्रहरीले सवारी साधनमा प्रवेश गर्दा मास्क लगाउन भन्दै जनचेतनामुलक स्टिकर समेत टाँसेको छ।

प्रशासनका अनुसार सार्वजनिक यातायातमा सबै यात्रुले मास्क लगाउनुपर्नेछ भने चालक र सहचालकले मास्क र फेससिल्ड लगाउनुपर्छ। साथै,  सवारी साधनको ढोकामा यात्रुले प्रवेश गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न र मास्कको समेत व्यवस्था गर्नुपर्नेछ। तर, उपत्यकामा चल्ने अधिकांश यातायातमा यो नियम लागू भएको छैन।

ट्राफिक प्रहरीले प्रशासनको निर्णय नटेर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell