PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दिनेश ढकालको 'कालो केशमा रेलिमई' लाई मिल्यो एक करोड बढी भ्यूज



पहिलोपोस्ट

दिनेश ढकालको 'कालो केशमा रेलिमई' लाई मिल्यो एक करोड बढी भ्यूज

काठमाडौं: गायक दिनेश ढकालको 'कालो केशमा रेलिमई' गीतलाई युट्युवमा करोड भ्युज मिलेको छ। दशैँको छेकोमा रिलिज भएको यो गीतलाई युट्युवमा एक करोड बढी दर्शकले हेरेका छन्।

लोक तथा आधुनिक भाषाको फ्युजन रहेको यस गीतमा ढकालकै शब्द, संगीत र स्वर रहेको छ। पहिलो गीत करोडमा प्रवेश गरेसँगै निकै खुसी लागेको ढकालले फेसबुकमा उल्लेख गरेका छन्।

युवापुस्ताको मन पराएको यो हिट गीत टिकटकमा समेत निकै भाइरल भएको थियो। मौलिक गीतहरु खोजिरहेको भएर यो गीत दर्शकहरुको रोजाईमा परेको दिनेशको भनाई छ।

गीतको भिडियोमा ढकालका साथै अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा र स्वीकृति उप्रेती लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।त्यसैगरि भिडियोमा मानव सुवेदीको छायाङ्कन, निर्देशन र सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell