PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सबै परीक्षा स्थगित गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय



पहिलोपोस्ट

सबै परीक्षा स्थगित गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय
File Photo

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि विश्वविद्यालय अन्तर्गत संचालित हुने सबै परीक्षाहरु स्थगित गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको बढ्दो गतिलाई मध्यनजर गर्दै सबै परीक्षा स्थगित गरिएको जनाएको हो। 

'त्रिविद्धारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगति गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गरिन्छ,'विज्ञप्तिमा भनिएको छ।

कोभिड-१९ संक्रमणका कारण विद्यार्थी,कर्मचारी एवंम प्राध्यापक संक्रमित भएको भन्दै तत्कालका लागि परीक्षा स्थगति गरिएको त्रिविले जानकारी दिएको छ।

देशभर कोरोना संक्रमण बढ्दै गइरहेको र सरकरले नै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको अवस्थामा त्रिविका साथै अन्य विश्वविद्यालयले परीक्षा संचालन गरिरहेको भन्दै आलोचना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell