PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

आयोजक टिम सहारालाई हराउँदै एपीएफको विजयी सुरुआत



पहिलोपोस्ट

आयोजक टिम सहारालाई हराउँदै एपीएफको विजयी सुरुआत
तस्बिर सौजन्य: केशव पाठक

पोखरा : आजदेखी पोखरा रंगशालामा सुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई हराउँदै विभागीय टिम एपीएफले खेलमा विजयी सुरुआत गरेको छ।

प्रतियोगिता उद्घाटन खेलको सुरुआती समयमै एफिएफले खेलमा अग्रता लिएको थियो। खेलको १३ औं मिनेटमा आवास लामिछानेले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।

दुई शुन्यको गोल अन्तरले जित निकालेको एपीएफले खेलको दोस्रो हाफमा पुन एक गोल गरेको थियो। खेलको ५९ औं मिनेटमा प्रदीप लामा एपिएफको तर्फबाट पुन एक गोल गर्न सफल भएका थिए। यस्तै खेलमा म्यान अफ दि म्याच आवास लामिछाने चुनिएका छन् ।

दस टिम सहभागी रहेको प्रतियोगिताको विजेता १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै भोलि हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब भिड्द‌ै छन्। कोरोना महामारीकै बिच आयोजना भएको आहा रारा गोल्डकप दर्शकबिना नै पोखरा रंगशालामा संचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell