PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

काठमाडौं उपत्यकामा एकैदिन थपिए ६९८१ संक्रमित, ६४ प्रतिशत सक्रिय संक्रमित यहीँ नै



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा एकैदिन थपिए ६९८१ संक्रमित, ६४ प्रतिशत सक्रिय संक्रमित यहीँ नै

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार ९८१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एकैदिन पाँच हजार एकजनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जना संक्रमित थपिएकोमा ५६.५७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा फेला परेका हुन्।

यस्तै, देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहँदा काठमाडौं उपत्यकामा ३७ हजार ९३ जना सक्रिय संक्रमित छन्। यो कुल सक्रिय संक्रमितको ६४.७० प्रतिशत हो।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल काठमाडौंमा २६ हजार ६९८ जना, ललितपुर ६ हजार ६१२ जना र भक्‍तपुरमा ३ हजार ७८३ जना सक्रिय संक्रमित छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell