PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

इन्धनको मूल्यवृद्धि फिर्ता हुनुपर्ने भन्दै अनेरास्ववियूले जलायो प्रधानमन्त्रीको पुतला

इन्धनको मूल्यवृद्धि फिर्ता हुनुपर्ने भन्दै अनेरास्ववियूले जलायो प्रधानमन्त्रीको पुतला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले राजधानीमा प्रदर्शन गरेको छ। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले इन्धनको मूल्यवृछि फिर्ता हुनुपर्ने माग राख्दै शंकरदेव क्याम्पस बाहिर विरोध प्रदर्शन गरेको हो।

त्यसक्रम अनेरास्ववियूका सदस्यहरुले प्रधानमन्त्रीको पुतला दहन समेत गरेका थिए। पुतला जलाउने क्रममा विद्यार्थी नेता र प्रहरी बिच घम्साघम्सी परेको थियो।

त्यस्तै, सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले पनि रत्नराज्य क्याम्पस बाहिर प्रदर्शन गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell