PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

माघ ७ गते राति १२ बजेदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू



पहिलोपोस्ट

माघ ७ गते राति १२ बजेदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू

काठमाडौं : काठमाडौं उपत्यकामा माघ ७ गते राति १२ बजेदेखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यो नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू हुने प्रशासनले जनाएको छ। यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्ने बारेमा मात्र उल्लेख थियो। 

निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ। माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ। 

यसका साथै प्रशासनले उपत्यकामा विश्वविद्यालय / विद्यालयद्वारा संचालित परीक्षा समेत रोक्ने थप निर्णय गरेको छ। 

यस्तो छ प्रशासनको आदेश :

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell