PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

शनिबारदेखि काठमाडौँ उपत्यकामा घरबाहिर निस्किँदा खोप कार्ड अनिवार्य



पहिलोपोस्ट

शनिबारदेखि काठमाडौँ उपत्यकामा घरबाहिर निस्किँदा खोप कार्ड अनिवार्य

काठमाडौं: काठमाडौँ उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक स्थान र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू हुँदैछ। त्यसको पूर्वसन्ध्यामा नयाँ आदेश जारी गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नागरिकहरुलाई घरबाहिर निस्किँदा पनि कार्ड अनिवार्य गरेको हुन्।

माघ ७ गते मध्यरातदेखि लागू हुने आदेशमा भनिएको छ, ‘घरबाट बाहिर निस्किँदा अनिवार्यरुपमा खोप कार्ड (मोबाइलमा भए पनि हुने) राख्ने।’

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै प्रशासनले नयाँ आदेश जारी गरेको हो।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार ९८१ जना संक्रमित थपिएका छन्।

२४ घण्टामा देशभर १२ हजार ३३८ जना संक्रमित थपिएकोमा ५६.५७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा फेला परेका हुन्। यस्तै, देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहँदा काठमाडौं उपत्यकामा ३७ हजार ९३ जना सक्रिय संक्रमित छन्। यो कुल सक्रिय संक्रमितको ६४.७० प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell