PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। शुक्रवार दिउसो ३ बजे सम्बोधन गर्न लागेको देउवाको सचिवालयले जनाएको छ।

कोभिड-१९ संक्रमणको दर उच्च भइरहेका बेला देउवाको सम्बोधन आउन लागेको हो। स्थानीय तह तथा संसदको निर्वाचनबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ। चुनावका विषयमा उच्चस्तरीय राजनीतिक समन्वय समितिमा लगातार छलफल भइरहेको भए पनि सत्ता गठबन्धनका दलहरु बिचमा एकमत नहुँदा निर्णय हुन सकेको छैन। निर्वाचन आयोगले स्थानीय तह रिक्त हुन लागेकाले वैशाखमा चुनाव गर्न सरकारलाई सुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell