PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड आयो सञ्चालनमा



रासस

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड आयो सञ्चालनमा
फाइल फोटो

चितवन : पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको  छ। इच्छाकामना गाउँपालिका-६ कालीखोलामा आज बिहान २:३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो। तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो।

सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए। झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए। सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell