PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वसन्त पर्वको यात्रामा चिनियाँ : एक अर्ब १८ करोड जनसंख्या निस्किने अनुमान



पहिलोपोस्ट

वसन्त पर्वको यात्रामा चिनियाँ : एक अर्ब १८ करोड जनसंख्या निस्किने अनुमान

चीनको सबैभन्दा ठूलो चाड ‘स्प्रिङ फेस्टिवल’ (वसन्त पर्व)को यात्रा शुरु भएको छ। विश्वमै सबैभन्दा ठूलो मानव यात्राको सिजनको रुपमा लिइने यस समयमा एक अर्ब बढी जनसंख्या यात्रामा निस्किने गर्छन्।

यस वर्ष स्प्रिङ फेस्टिवलका लागि चीनमा जनवरी १७ देखि फेब्रुअरी २५ सम्म चालिस दिनको समय तोकिएको छ। यस अवधिमा एक अर्ब १८ करोड जनसंख्याले यात्रा गर्ने अनुमान गरिएको छ। जुन प्रतिदिन दुई करोड ९५ लाखको यात्रा हुने अनुमान गरिएको चाइना ग्लोवल टेलिभिजन नेटवर्कले जनाएको छ।

१७ जनवरीबाट शुरु भएको यो यात्राको बारेमा त्यहाँको यातायात विभागले प्रक्षेपण सार्वजनिक गर्दै कोभिड-१९ महामारी अगाडिका वर्षको तुलनामा यस वर्ष पनि यात्रामा कमी हुने जनाएको छ। यति हुँदाहुँदै पनि २०२१ को भन्दा बढी यात्रा हुने अनुमान गरिएको छ। जुन गत वर्ष भन्दा ३५.६ प्रतिशतले बढी हुने बताइएको छ।

गत शुक्रवारदेखि ‘स्प्रिङ फेस्टिवल’लाई लक्षित गरी ट्रेन टिकट बिक्रि खुला गरिएको छ।

त्यस्तै, यस वर्ष बेइजिङमा हुने विन्टर ओलम्पिकलाई लक्षित गरेर पनि यात्रा प्रबन्ध मिलाइएको विभागले जनाएको छ।

यस वर्ष हुने यात्रा सन् २०१९ को तुलनमा ६०.४ प्रतिशतले कमी हुने त्यहाँको यातायात मन्त्रालयको आपतकाल नियन्त्रण कार्यालयका उपनिर्देशक च्वो मिनले बताएका छन्।

यसरी हुने यात्रालाई सुरक्षित बनाउनका लागि कोभिड-१९ सम्बन्धि महत्वपूर्ण प्रोटोकललाई कडाइका साथ पालना गरिने छ।

‘यदी यात्राकै क्रममा कुनै विशेष क्षेत्रमा महामारी देखिएमा तत्काल त्यस क्षेत्रमा यात्रा प्रतिबन्ध लगाइने वा रेल संख्या घटाइने छ,’ चाइना रेलवे ग्रुपका उपनिर्देशक चु वेनजोङले बताएका छन्

चीनको एक अनलाइन ट्राभल एजेन्सीको तथ्यांकले सबैभन्दा बढी दक्षिण-पश्चिम चीनको छोङछिङ नगरपालिका, मध्ये चीनको वुहान शहर र उत्तरपूर्वी चीनको हर्विन शहर प्रमुख तीन गन्तव्य हुने छन्। त्यस्तै, क्वानच्वो, बेइजिङ र हाङच्वो प्रमुख तीन प्रस्थान विन्दु हुने छन्।  
लुनार न्यू इएरको रुपले पनि चिनिने यो पर्वमा चीन सरकारले सात दिनको राष्ट्रिय विदा दिँदै आएको छ।

यस वर्ष फेब्रुअरी १ मा चिनियाँ नयाँ वर्ष परेको छ। यो वर्ष बाघ वर्षको रुपमा रहने छ। अर्को वर्ष यो पर्व २०२३ को जनवरी २२ मा पर्ने छ। जुन खरायो वर्षको रुपमा रहने छ।

परिवारिक मिलनको उत्सव

यो पर्व परिवारिक मिलनको उत्सवको रुपमा रहँदै आएको छ। काम र अध्ययनको शिलशिलामा अन्य शहरमा रहेकाहरु आफ्नो देशमा फर्किने गर्छन्।

त्यहाँका विश्वविद्यालयमा रहेका विद्यार्थीहरु वर्षमा यही पर्वका लागि घर फर्किने गर्छन्। चिनियाँ लुनार क्यालेन्डर अुनसार हरेक वर्ष फरक फरक दिनमा नयाँ वर्ष पर्ने गर्छ। जुन सामान्यतय जनवरी २१ देखि फेब्रुअरी २० को बीचमा पर्ने गर्छ। गत वर्ष यो पर्व फेब्रुअरी १२ मा थियो।
यस समयमा वसन्त ऋतुको सुरुवात हुने समय भएका कारण पनि यसलाई ‘स्प्रिङ फेस्टिवल’ अथवा वसन्त पर्वको रुपमा चिनिएको हो।

यस वर्षको यात्राका लागि चिनियाँ रेल तथा विमान कम्पनीहरुले तयारी थालनी गरेका छन्। महामारी नियन्त्रणका लागि सरसफाइको कामसमेत शुरु भएको छ। रेलमा महामारी नियन्त्रण किटको व्यवस्थापनदेखि निसंक्रमणका काम धमाधम भइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell