PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'अर्ली इलेक्सन'बारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै



पहिलोपोस्ट

'अर्ली इलेक्सन'बारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै
फाइल फोटो

काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितको बैठक शुक्रवार पनि बस्ने भएको छ। यसअघि मंगलवार बसेको बैठकमा स्थानीय तह तथा संघीय संसदको निर्वाचनबारे छलफल भएको थियो।

निर्वाचनकै बारेमा छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध नेताहरु सम्मिलित समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए।

मंगलवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला संसदको निर्वाचन 'अर्ली इलेक्सन' गर्नुपर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति जनाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने असहमति जनाएका छन्। 

सत्ता गठबन्धनका नेताहरु बिच बिहीवार भएको छलफलपछि शुक्रवारका लागि समन्वय समितिको बैठक बोलाइएको हो। निर्वाचन आयोगले सरकारलाई स्थानीय तह रिक्त हुन लागेको भन्दै वैशाखमा निर्वाचन गर्न सुझाव दिएको थियो। उक्त प्रस्तावमा देउवा लचिलो भए पनि गठबन्धनका अरु नेताहरुले भने पहिला स्थानीय तहको चुनाव गर्न नहुने बताइरहेका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद चल्न नदिएको भन्दै संसदको निर्वाचन गर्नुपर्नेमा माओवादी-समाजवादीको जोड रहेको छ। तर, एमालेले भने अर्ली इलेक्सन सत्ता गठबन्धनको षड्यन्त्र मात्रै भएको भन्दै विरोध गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell