PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

नाटक 'पुतलीको घर'को प्रदर्शन रोकियो, कोभिडको पर्‍यो असर



पहिलोपोस्ट

नाटक 'पुतलीको घर'को प्रदर्शन रोकियो, कोभिडको पर्‍यो असर

काठमाडौं : नेपालमा कोभिड १९ को संक्रमणदर बढेसँगै सरकारले भिडभाड हुने क्षेत्रमा प्रतिबन्ध लगाउँदा नाटकघर पनि प्रभावित हुन पुगेको छ। १० वर्षपछि ब्युतिएको आरोहण-गुरुकुल थियटरले नाटक मञ्चन सुरु गरे पनि तत्लकालै स्थगित गर्न बाध्य भएको छ।

माघ १ गतेपछि गुरुकुल थियटरमा नाटक ‘पुतलीको घर’ मञ्चन भइरहेको थियो। कोरोना कहर बिच नाटक मञ्चन कार्य बन्द गरेको थियटरका संस्थापक तथा रंगकर्मी सुनील पोखरेलले जानकारी दिए। 

उनले आजदेखि माघ १४ गतेसम्म नाटक मञ्चन कार्य बन्द गरेको जानकारी गराएका हुन्।

‘कोभिड प्रकोपका कारण आज माघ ७ गतेदेखि १४ गतेसम्म आरोहण-गुरूकुलको नाटक “पुतलीको घर” को प्रदर्शन रोकिएको जानकारी गराउॅंछौ। सुरक्षित रहनुहोला,’ पोखेरलले लेखेका छन्।

पुस ३० गतेबाट यो थिएटर एक दशकपछि पुन: सञ्चालनमा आएको हो। सुरुको दिनमा पनि सुनील पोखरेलको अनुवाद र निर्देशन रहेको पुरानै नाटक ‘पुतलीको घर’ मञ्चन गरिएको थियो। काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा बेहोर्ने भएपछि थापागाउँ स्थित गुञ्ज थिएटरको एउटा हल ‘गुरुकुल थिएटर’ नाममा सञ्चालनमा आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell