PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

त्रिविपछि मध्यपश्चिम विश्वविद्यालयले पनि रोक्यो परीक्षा



रासस

त्रिविपछि मध्यपश्चिम विश्वविद्यालयले पनि रोक्यो परीक्षा

कर्णाली : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जोखिमपूर्ण भन्दै हिजो त्रिभुवन विश्वविद्यालयले परीक्षाका कार्यक्रम स्थगित गर्‍यो। आज त्रिविकै बाटो पछ्याउँदै मध्यपश्चिम विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ।

परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिए। यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियो। स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell