PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन



रासस

पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन

काठमाडौं : पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ। साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो।

राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो। अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए। विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालकका रुपमा रहेका थिए।

लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीवारसम्म उनी एक जना मात्र जीवित थिए। लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएका थिए।

नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बनेका हुन्। व्यवसायका साथै उनी नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय थिए। मानन्धरले नेपाल भाषाको सम्वर्द्धनमा पनि काम गरेका थिए।

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ। अन्त्येष्टि अघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिने छ। मानन्धरका दुई छोरा र दुई छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell