PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

सुनील शेट्टीका छोरा अहानको डेब्यु फिल्म ‘तडप’ २८ जनवरीबाट डिज्नी प्लस हटस्टारमा



पहिलोपोस्ट

सुनील शेट्टीका छोरा अहानको डेब्यु फिल्म ‘तडप’ २८ जनवरीबाट डिज्नी प्लस हटस्टारमा

बलिउड अभिनेता सुनील शेट्टीका छोरा अहानको डेब्यु फिल्म ‘तडप’ अब ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। यो फिल्म २८ जनवरीबाट डिज्नी प्लस हटस्टारमा रिलिज हुन लागेको हो।

३ डिसेम्बरबाट सिनेमा हलमा रिलिज भएको यस फिल्मले मध्यम व्यापार गरेको थियो। तर, अहानको अभिनयको भने निकै तारिफ भएको थियो।

२८ जनवरीबाट डिज्नी प्लस स्टारमा रिलिज हुन लागेको निर्देशक मिन लुभियाले ट्विटरमार्फत जानकारी दिएका हुन्।

रोमान्टिक र एक्सन फिल्म ‘तडप’  दक्षिण भारतीय हिट फिल्म ‘आरएक्स १००’ को रिमेक हो। यस फिल्ममा अहान शेट्टीका साथै तारा सुतारिया मुख्य भूमिका रहेको छ। फक्स स्टार स्टुडियोको प्रस्तुतिमा बनेको हो फिल्म।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell