PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

डा गोविन्द केसीसँग शिक्षामन्त्रीको छलफल, सुझाव ग्रहण गर्ने प्रतिवद्धता



रासस

डा गोविन्द केसीसँग शिक्षामन्त्रीको छलफल, सुझाव ग्रहण गर्ने प्रतिवद्धता

काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन्।

मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ। चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell