PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

पूर्वाञ्चल विश्वविद्यालले पनि स्थगित गर्‍यो सबै परीक्षा



पहिलोपोस्ट

पूर्वाञ्चल विश्वविद्यालले पनि स्थगित गर्‍यो सबै परीक्षा
FIILE PHOTO

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय माघ १० गतेदेखि माघ मसान्तसम्म तय गरिएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै कोभिड १९ को संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गरेको जनाएको हो।

आजै मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो। त्यस्तै त्रिभुवन विश्वविद्यालयले यसअघि नै ९ गतेपछिका परीक्षाहरु स्थगित गरिसकेको छ।

पुस मसान्तयता नेपालमा कोभिड १९ को संक्रमण ह्वात्तै बढेको छ। अझ काठमाडौं उपत्यकामा संक्रमण दर उच्च भएपछि प्रशासनले कुनै पनि प्रकारको परीक्षा संचालन गर्न रोक लगाइसकेको छ। संक्रमणको जोखिम बिच परीक्षा संचालन भइरहेको भन्दै सरकारको आलोचना भइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell