PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

स्वदेश फर्किने नेपालीलाई अध्यागमन विभागको एड्भाइजरी : खोपको पूर्णमात्रा लगाए घर जान दिने, नभए क्वारेन्टाइन अनिवार्य



पहिलोपोस्ट

स्वदेश फर्किने नेपालीलाई अध्यागमन विभागको एड्भाइजरी : खोपको पूर्णमात्रा लगाए घर जान दिने, नभए क्वारेन्टाइन अनिवार्य
फाइल फोटो।

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीहरु स्वदेश फर्किनका लागि कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने व्यवस्था अध्यागमन विभागले गरेको छ। यसरी खोपको पूर्ण मात्रा लगाएकाहरु नेपाल आगमनसँगै आफ्नो घरतर्फ जान पाउनेछन्।
खोप नलगाएकाको हकमा भने अनिवार्य होम वा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ। साथै, उनीहरुको नेपालमा आगमनसँगै विमानस्थलमै एन्टिजेन परीक्षण हुनेछ। 

खोपको दुवै मात्रा पूरा गरेको १४ दिन पूरा भएका विदेश भ्रमणमा रहेका वा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक, गैर आवासीय नेपाली, उनीहरुका परिवारका सदस्य, नेपालबाट फर्किँदा वा नेपाल आउँदा हवाइ उडानमा चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण र सीसीएमसीको अनलाइनमा उपलब्ध इन्टरनेशनल ट्राभलर अनलाइन अराइभल फर्म भर्नुपर्नु व्यवस्था छ।

उनीहरु नेपाल प्रवेश गर्दा कुनै लक्षण वा चिन्ह नभएमा गन्तव्यमा सोझै जान पाउनेछन्। 

त्यस्तै, कोभिड-१९ को लक्षण वा संकेत देखिएमा एन्टिजेन परीक्षण गरी रिपोर्ट पोजेटिभ आए आइसोलेसन वा अस्पताल पठाइने छ। त्यस्तै, नेगेटिभ आएमा पाँच दिन होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ। 

अध्यागमन विभागले जारी गरेको नयाँ ट्राभल एड्भाइजरीमा कोभिड-१९ विरुद्धको खोप नलगाएका वा मात्रा पूरा नगरेका वा मात्रा पूरा गरे पनि १४ दिन पूरा नगरेकाको हकमा भने नेपाल प्रवेश गरेसँगै एन्टिजेन परीक्षण गरिने छ। उनीहरुले जहाजमा चेकइन गर्नुभन्दा ७२ घण्टा भित्रको कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था छ।

खोप नलगाएकाको हकमा सबैको कोभिड परीक्षण गरी पोजेटिभ आए आइसोलेसनमा र नेगेटिभ आए पाँच दिन होम वा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell