PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

खोप कार्ड देखाएपछि मात्र पर्यटकलाई नेपालमा 'अन अराइभल' भिसा



पहिलोपोस्ट

खोप कार्ड देखाएपछि मात्र पर्यटकलाई नेपालमा 'अन अराइभल' भिसा
फाइल फोटो

काठमाडौं : नेपालले विदेशी नागरिकलाई अनअराइभल भिसा दिन यथावत राख्दै कोभिड-१९ सम्बन्धि प्रोटोकललाई केही परिवर्तन गरेको छ। 

सरकारको पुस ३० गतेको निर्णय अनुसार नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ अनुसार यात्रुहरुको आवागमन सम्बन्धी व्यवस्थामा परिवर्तन गरेको हो। 

जारी गरेको एडभाइजरीमा अन अराइभल भिसालाई यथावत राख्दै कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोपको प्रावधानलाई  लागु गरेको हो। नेपालको कानुन अनुसार अन अराइभल भिसा प्राप्त गर्न सक्ने देशका नागरिकहरुलाई कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका विदेशी नागरिकहरुलाई अन अराइभल भिसा दिने अडभाइजरीमा उल्लेख छ। 

त्यसरी नेपाल प्रवेश विन्दुमा भिसा प्राप्त गर्नका लागि आवेदन दिँदा ती देशका नागरिकहरुले नेपाल उडान गर्नु अगाडि कोभिड-१९ को अनिवार्य परीक्षण गरेको हुनुपर्ने छ। 

आवेदनसँगै कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेको प्रमाण, हवाइ उडानको लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धि अनुमतिको प्रतिलिपि पेस गर्नुपर्ने छ। साथै नेपालमा होटल बुक गरेको प्रमाणसमेत पेस गर्नुपर्ने छ। त्यस्तै, नेपाल आउनु अगाडि सीसीएमसीमा उपलब्ध इन्टरनेशनल ट्राभलर अनलाईन अराइभल फर्म परेर प्रिन्ट गरी पेस गर्नुपर्ने छ। 

नेपाली नियोगबाट भिसा लिएर आउन चाहने कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई उल्लेख गरिएका कागजात पेश गरि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। उनीहरुले नेगेटिभ रिपोर्ट र सीसीएमसीको अराइभल फर्म पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। 

त्यस्तै, खोप पूरा नगरेका विदेशहरुले नेपाली नियोगबाट भिसा लिएर र एजेन्सी मार्फत् मात्र नेपाल भ्रमणको अनुमति दिइने अध्यागमन विभागले जनाएको छ।

यसरी नेपाल प्रवेश गर्ने खोप नलगाएका विदेशीहरुको विमानस्थलमा वा उनीहरु बस्ने होटलमा ऐन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ।  
उनीहरुमा संक्रमण पुष्टि भए आइसोलेसन वा अस्पताल र नेगेटिभ देखिए पनि पाँच दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ।

त्यस्तै, होटल क्वारेन्टाइनमा बसेका विदेशीहरुको छैठौं दिन कोभिड-१९ को परीक्षण गरी नेगेटिभ रिपोर्ट आए पछि मात्र नेपाल भ्रमणको उद्देश्य वमोजिम सहभागी हुन पाउनेछन्।  

खोपको पूर्ण मात्रा लगाएका विदेशहरुको हकमा भने नेपाल प्रवेश गरेको २४ घण्टाभित्र अनिवार्य एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आए मात्रा होटलबाट बाहिर जान पाउनेछन्। त्यसपछि पनि हरेक ७२ घण्टामा एन्टिजेन परीक्षण गर्नुपर्ने छ। कोभिड-१९ संक्रमण पुष्टि भए आइसोलेसन खर्च, बीमा लगायतका अन्य खर्च विदेशी नागरिकले नै व्यहोर्नुपर्ने छ। 

त्यस्तै, उनीहरुले नेपालमा रहँदा नेपालका स्थानीय प्रशासनले जारी गरेका रोकथामका नियमहरु पालना गर्नुपर्ने छ। उनीहरुले उनीहरुले सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि खोप कार्डसमेत देखाउनुपर्ने छ। तर, खोप नलगाएकाको हकमा भिसा नियमित गर्ने, विमानस्थल प्रवेश गर्ने, स्थल तथा हवाइमार्गबाट यात्रा गर्ने लगायतका अत्यावश्यक पर्यटकीय सेवाबाट बञ्चित नगरिने अध्यागमन विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell