PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

धरानमा १० मिनेटको अन्तरमा सिराहका दुई संक्रमितको मृत्यु



पहिलोपोस्ट

धरानमा १० मिनेटको अन्तरमा सिराहका दुई संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० मिनेटको अन्तरमा दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुने दुवै जना सिराहाका हुन्। सिराहा जिल्लाको सिराह-१ का ८० वर्षका पुरुष र लहान-१९ की ६२ वर्षकी कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सह-प्रवक्ता डाक्टर चुरामणी पोखरेलले जानकारी दिए।

एक्युट मायोकार्डियल इन्फ्राक्सन भएकी महिलामा माघ ५ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। उनको मृत्यु आज बिहान पौने १२ बजे भएको हो। त्यस्तै, पुस २९ गते संक्रमण पुष्टि भएका सिराहका पुरुषको पनि बिहान ११:३५ मा मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell