PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कर्मचारीमा कोरोना देखिएपछि मकवानपुरको सीडीओ कार्यालयद्वारा सेवा स्थगित



पहिलोपोस्ट

कर्मचारीमा कोरोना देखिएपछि मकवानपुरको सीडीओ कार्यालयद्वारा सेवा स्थगित

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतवारदेखि आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ।

प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै माघ ९ गते आइतवारबाट माघ १४ गते शुक्रवारसम्मलाई अत्यावश्यक बाहेकका सम्पूण सेवा बन्द गर्ने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, संघसंस्था, नाबाल परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी गराए।

‘यस कार्यालयका कर्मचारीहरु समेत कोरोना संक्रमित हुन गई उपचार एवम् होम आइसोलेसनमा रहेको हुँदा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हौं,’ सहायक प्रजिअ गैह्रेले भने।

शान्ति सुरक्षा, विपद्, मुद्दा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रहने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell