PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

परीक्षण दर घट्दा संक्रमितको संख्यामा पनि कमी, २४ घन्टामा १० हजार ७ सय ३ जना थपिए



पहिलोपोस्ट

परीक्षण दर घट्दा संक्रमितको संख्यामा पनि कमी, २४ घन्टामा १० हजार ७ सय ३ जना थपिए
फाइल फोटो।

काठमाडौं : अघिल्ला दिनहरुको तुलनामा पछिल्लो २४ घन्टामा नेपालमा संक्रमित हुनेको संख्या घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको छ। 

आरटी पीसीआरबाट ८ हजार ८ सय १५ जनामा संक्रमण पुष्टि भएको हो भने एन्टीजेन परीक्षणबाट ४ हजार ४ सय ७४ जना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस अवधिमा ७ सय ६६ जना कोभिड १९ मुक्त भएका छन्। साथै तीन जनाले ज्यान गुमाएका छन्, संक्रमणकै बिच। 

हिजो १२ हजार ३ सय ३८ जना संक्रमित थपिएका थिए। हिजो परीक्षणको दर पनि आजभन्दा धेरै थियो। हिजो २७ हजार ४ सय ९७ जनामा परीक्षण गरिएको थियो।

पछिल्लो संक्रमणको तथ्याङ्कसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ पुगेको छ। यस अवधिमा ३ लाख ७ हजार ४ सय १ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell