PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

एक करोड ३३ लाख ट्याव सिटामोल प्रदेशमा वितरण



पहिलोपोस्ट

एक करोड ३३ लाख ट्याव सिटामोल प्रदेशमा वितरण
File Photo

काठमाडौं : सिटामोलको हाहाकार सम्बन्धी समाचारहरु जताततै सार्वजनिक भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक करोड ३३ लाख ४२ हजार ट्याव पारासिटामोल वितरण गरिएको जनाएको छ। 

केन्द्रीय मेडिकल स्टोर बारा पथलैयाबाट प्रादेशिक स्टोरहरुमा उक्त परिणाममा सिटामोल वितरण गरिएको मन्त्रालयले जनाएको छ। 

जसमध्ये प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार ट्याव सिटामोल पुर्‍याइएको छ। त्यस्तै धनुषामा २१ लाख ३० हजार, हेटौंडामा १० लाख ९८ हजार, पोखरामा १८ लाख, बुटवलमा २७ लाख ३०हजार,  कर्णाली प्रदेशका लागि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र नेपालगंजमा १० लाख २० हजार ट्याव सिटामोल पठाइएको छ। त्यस्तै, धनगढीका लागि १८ लाख ट्याव सिटामोल पठाइएको मन्त्रालयले जनाएको छ। 

अझै केन्द्रीय मेडिकल स्टोलमा ११ लाख ५८ हजार ट्याव सिटामोल बाँकी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell