PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

६५ प्रतिशतलाई पूर्ण मात्रामा खोप लगाउनु सरकारको उपलब्धि : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

६५ प्रतिशतलाई पूर्ण मात्रामा खोप लगाउनु सरकारको उपलब्धि : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गरेर संसदको गतिरोध अन्त्य गरिने बताएका छन्।

राष्ट्रका नाममा शुक्रवार सम्बोधन गर्दै देउवाले सबै राजनीतिक दलसँग संवाद गरिने र अवरोध हटाइने बताए। 'संसदमा रहेका सबै राजनीतिक दलहरुसँग संवाद गरेर गतिरोध अन्त्य गरिने छ,' प्रधानमन्त्री देउवाले भने। 

तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारसामु रहेको पनि देउवाले स्मरण गराए। उनले आफू नेतृत्वको सरकारले स्वदेशी उत्पादनमा जोड दिएको दावी गरे। साथै भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशीलता नीति अपनाइएको दावी पनि गरे। 

'भ्रष्टचार नियन्त्रणका लागि कामहरु भएका छन्। विशेष आर्थिक प्याकेज ल्याइएको छ,' देउवाले भने। 

कोभिड नियन्त्रणका लागि खोप नै प्रभावकारी माध्यम भएको भन्दै देउवाले चैतसम्म सबैलाई खोप लगाइसक्ने उद्देश्य अनुसार खोप वितरण भइरहेको जानकारी दिए।

स्वास्थ्य प्रणालीमा साधनस्रोतको कमी हुन नदिने गरी चुस्त दुरुस्त व्यवस्था मिलाइएको देउवाले बताए। उनले तराई मधेशमा हुने शितलहर र हिमालमा हिमपातका कारण कसैको पनि ज्यान नजाने व्यवस्था मिलाइएको समेत दावी गरे।

उनले आफ्नो सरकारको उपलब्धिका रुपमा ६५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाउने भएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell