
पोखरा : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ९ सय संक्रमित थपिनुका साथै दुई जनाको मृत्यु भएको हो।
आज गण्डकीमा थपिएका ९ सय संक्रमितमध्ये ४ सय ८९ कास्की जिल्लाका मात्र छन्। थपिएको संख्यासँगै कास्कीमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ५६ जना पुगेको छ।
यस्तै, कास्कीपछि प्रभावित जिल्ला स्याङ्जामा आज थप १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ। थपिएको संख्यासँगै स्याङ्जामा सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ।
यस्तै, गोरखामा ४०, मुस्ताङमा १, म्याग्दीमा १९, लमजुङमा ४५, तनहुँमा ६९, नवलपरासी पूर्वमा ६१, पर्वतमा १६ र बागलुङमा ३७ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएको संक्रमितसँगै गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ४ हजार १ सय १७ पुगेको छ।
निर्देशनालयले दिएको जानकारी अनुसार आज मृत्यु हुनेमा गोरखा जिल्लाको गोरखा नगरपालिका - ४ का ४० वर्षीय पुरुष छन्। पर्वत जिल्ला कुश्मा नगरपालिका- १३ कि २३ वर्षीया महिलाले पनि आज कोरोना कारण ज्यान गुमाएकी छिन्। आज मृत्यु हुनेको संख्यासँगै प्रदेशमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३२ पुगेको छ।