PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

राष्ट्रिय महिला हक्कीः आर्मी र सुदुरपश्चिम फाइनलमा,गण्डकी र मधेश प्रदेश तेस्रो स्थानको लागि भिडने



पहिलोपोस्ट

राष्ट्रिय महिला हक्कीः आर्मी र सुदुरपश्चिम फाइनलमा,गण्डकी र मधेश प्रदेश तेस्रो स्थानको लागि भिडने

वीरगंज: चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा नेपाली सेना र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्।

शुक्रवार सम्पन्न सेमिफाइनल खेलहरुमा विजयी भई आर्मी र सुदूरपश्चिम फाइनलमा प्रवेश गरेका हुन्।

वीरगंजको आदर्शनगर रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै नेपाली सेना फाइनलमा पुगेको हो। नेपाली सेनाको तर्फबाट १७ मिनेटमा सीता कुमारी चौधरी, २५ मिनेटमा अञ्जना चन्द ठकुरी र ४६ औँ मिनेटमा निलिमा पाण्डेले गोल गरेका थिए। गण्डकीका खेलाडीले प्रयास गर्दा पनि गोल हान्न सकेनन्। पहिलो सेमिफाइनल खेलको उत्कृष्ट खेलाडी नेपाली सेनाकी सीता कुमारी चौधरी घोषित भइन्।

त्यसैगरी,दोस्रो सेमिफाइनल खेलमा मधेश प्रदेशको शून्य गोलको विरुद्ध सुदुरपश्चिम प्रदेशले दुई गोल गरी पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। खेलको ५३ औं मिनेटमा सुदुरपश्चिमकी लक्ष्मी बम र ५६ औं मिनेटमा सुनिता नेगीले गोल गरेका थिए। उक्त खेलमा सुदुरपश्चिमकी सुनिता नेगी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

सेमिफाइनलमा परजित मधेश प्रदेश र गण्डकीले तेस्रो स्थानका लागि शनिवार विहान ९ बजे भिडने प्रतियोगिता आयोजक नेपाल हक्की संघले जनाएको छ। त्यस्तै फाइनल खेल शनिवार दिउँसो साढे २ बजे नेपाली सेना र सुदुरपश्चिम प्रदेश बीच हुनेछ।

माघ ४ गतेदेखि ८ गते सम्म चल्ने प्रतियोगितामा ६ वटा टिमको सहभागिता थियो। प्रतियोगितामा दर्शकको उपस्थिति न्युन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell