
काठमाडौँः सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे कुनै पनि ठोस सहमति गर्न सकेन। बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले कानुनका जानकारसँग परामर्श गरेपछिमात्र निर्वाचनबारे निर्णय गर्ने सहमति गरेको हो।
निर्वाचनको मिति र समयसीमाबारे कानुन व्यवसायीबीच नै फरक मत छ। कतिपयले संविधान अनुसार कार्यकाल सकिएको ६ महिनापछि चुनाव हुनुपर्ने बताएका छन्। केहीले निर्वाचन ऐनअनुसार कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्ने बताउँदै आएका छन्।
तीन चरणमा भएको निर्वाचनबारे एकैपटक म्याद सकिने निर्णयमा पुग्नु गलत हुने गठनबन्धनको निष्कर्ष छ।
संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धनमा आवद्ध दलहरु सहमत रहेको निष्कर्ष बैठकको छ।