PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

रातिमा पनि झलल रानीमहल

रातिमा पनि झलल रानीमहल

पहिलोपोस्ट /पहिलोपोस्ट


  • मनीष अर्याल-

पाल्पा: प्रेमको प्रतीक मानिने रानीमहल दरबार पछिल्लो समय चिटिक्क पारिएको छ। दरबारमा पुरातात्त्विक महत्त्वका वस्तु राखेर मिनी सङ्ग्रहालय पनि बनाइएको छ।

फोहोरै फोहोरले भरिएको दरबारमा अहिले खड्गशमशेर र रानी तेजकुमारी बस्ने कोठा, भारदारसहितको बैठक कक्ष, दरबारभित्र प्रयोग भएका एक सय वर्ष पुराना पुरातात्त्विक महत्त्वका सरसामान खोजविन गरी सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ।  

सङ्ग्रहालयको तानसेन नगर प्रमुख अशोककुमार शाहीले उद्घाटन गरे। मिनी सङ्ग्रहालयमा खड्गशमशेरका समयमा भएका १६६ थान सामाग्री राखिएको शाहीले बताए।

वनजंगल झाडी तथा फोहोरले भरिएको रानीमहल दरबार दुई महिनाको अवधिमा सुन्दर बनाइएको सरसफाइ शाखा प्रमुख शंकर भण्डारीले बताए।

दरबारमा पुगेर केही सामाग्री हेर्न र पूर्ण कदको खड्गशमशेर र रानी तेजकुमारीको तस्बिरमा सेल्फी खिच्न सकिने छ।

पिउनले पानी, पर्यटकका लागि शौचालय, निःशुल्क वाईफाईको व्यवस्था पनि गरिएको छ।

रानीमहल वि.सं. १९५० मा सुरु गरेर १९५४ मा निर्माण सम्पन्न भएको थियो। रानीमहल २४ रोपनी क्षेत्रफलमा फैलिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell