PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

मोबाइल चोरी गर्ने प्रहरी हिरासतमा परेसँगै निलम्बित



पहिलोपोस्ट

मोबाइल चोरी गर्ने प्रहरी हिरासतमा परेसँगै निलम्बित

धनगढी : कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरू विरुद्ध चोरीको मुद्दा दर्ता भएर ५ दिनको म्याद थप भएको बताए। म्याद थप हुने बित्तिकै स्वतः निलम्बनमा परेका उनको भनाई छ।

लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्दा दर्ता गर्दै उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

लागू औषध कारोबारीलाई समात्न गएका प्रहरी मोबाइल चोरेर फर्किए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell