PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपालले यूएई, आयरल्याण्ड र ओमनसँग क्रिकेट सिरिज खेल्ने



पहिलोपोस्ट

नेपालले यूएई, आयरल्याण्ड र ओमनसँग क्रिकेट सिरिज खेल्ने

काठमाडौं: नेपालले चारदेश सम्मिलित टी २० सिरिज खेल्ने भएको छ। विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा यो सिरिजलाई हेरिएको छ। नेपालले ओमनमा आयरल्याण्ड, युएई र ओमनसँग सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

आइसिसी टी२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १७ देखि २४ सम्म रहेको बताइएको छ। ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।

आयरल्यान्ड, युएई, जर्मनी र बहराइन समूह ए मा छन्। समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।

ग्लोबल क्वालिफायर्स अघि नेपालले सिरिज खेल्नेछ। जसअन्तर्गत फेब्रुअरी ११ मा नेपाल र ओमन, फेब्रुअरी १२ मा नेपाल र युएई र फेब्रुअरी १४ मा नेपाल र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्। हाल १६ जना खेलाडी बन्द प्रशिक्षणमा छन्।

यी हुन् बन्द प्रशिक्षणमा रहेका खेलाडी

सन्दीप लामिछाने

कुशल भुर्तेल

आसिफ शेख

दिपेन्द्र सिंह ऐरी

ज्ञानेन्द्र मल्ल

शरद भेषवाकर

आरिफ शेख

करण केसी

जितेन्द्र मुखिया

अभिनाष बोहोरा

शाहब अलाम

कुशल मल्ल

कमलसिंह ऐरी

विवेक यादव

प्रदीप ऐरी

लोकेश बम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell