PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

आईपीएलका लागि नेपालबाट १५ खेलाडी दर्ता, भुटानबाट १ जना



पहिलोपोस्ट

आईपीएलका लागि नेपालबाट १५ खेलाडी दर्ता, भुटानबाट १ जना

इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट १५ खेलाडी दर्ता भएका छन्। आईपीएलले जारी गरेको नयाँ सूचि अनुसार नेपालबाट १५ खेलाडीसहित एसोसिएट देशबाट ४१ जना खेलाडीको नाम दर्ता छ।

आईपीएल २०२२ का लागि कूल १२१४ खेलाडी दर्ता भएका छन्। जसमा क्याप्ड खेलाडी २७०, ९०३ अनक्याप्ड र ४१ एसोसिएट खेलाडी रहेको आईपीएलले जनाएको छ।

आईपीएलमा १० फ्रेन्चाइजी रहेका छन् जसले बढीमा २५ खेलाडी राखेको खण्डमा २१७ खेलाडी अक्सनबाट लिइँदा ७० जना सम्मविदेशी खेलाडीले स्थान बनाउन सक्नेछन्। कुल ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन्।

कुन देशबाट कति जना?

अफगानिस्तान २०, अस्ट्रेलिया ५९, बंगलादेश ९, इङ्ग्ल्याण्ड ३०, आयरल्याण्ड ३, न्युजिल्याण्ड २९, साउथ अफ्रिका ४८, श्रीलंका ३६, वेस्ट इण्डिज ४१, जिम्बावे २, भुटान १, नामिबिया ५, नेपाल १५, नेदरल्याण्ड १, ओमन ३, स्कटल्याण्ड १, यूएई १, युएसए १४

आईपीएल फ्रेन्चाइजहरु

चेन्नइ सुपर किंग्स

महेन्द्र सिंह धोनी

रवीन्द्र जडेजा

मोइन अली

ऋतुराज गाइक्वाड

दिल्ली क्यापिटल्स

ऋषभ पन्त

अक्षर पटेल

पृथ्बी श

एनरिक नोर्किया

कोलकत्ता नाइट राइडर्स

आन्द्रे रसेल

बरुण चक्रवर्ती

बेङ्कटेस ऐयर

सुनिल नारेन

मुम्बइ इण्डियन्स

रोहित शर्मा

जसप्रीप बुमराह

सूर्यकुमार यादव

किइरन पोलार्ड

पञ्जाब किंग्स

मयंक अग्रवाल

अर्सदीप सिंह

राजस्थान रोयल्स

सञ्जु सामसन

जोस बटलर

यशस्वी जसवाल

रोयल च्यालेन्जर्स बेङ्ग्लोर

बिराट कोहली

ग्लेन म्याक्सवेल

मोहम्मद सिराज

सनराइजर्स हैदराबाद

केन विलियमसन

अब्दुल समद

उमरन मलिक

टिम अहमदाबाद

हार्दिक पाण्ड्या

रसिद खान

सुभमन गिल

टिम लखनउ

केएल राहुल

मार्कस स्टोइनिस

रवी विस्नोइ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell