PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

देशभरका अदालतमा आइतवार शोक बिदा 



पहिलोपोस्ट

देशभरका अदालतमा आइतवार शोक बिदा 

काठमाडौँ : पूर्व प्रधान न्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक बिदा हुने भएको छ। शर्माको बुधवार निधन भए पनि शनिवार अन्त्येष्टि भएको थियो। छोरा विदेशबाट फर्किएपछि शनिवार शर्मा अन्त्येष्टि गरिएको हो। 

सर्वोच्चको आकस्मिक पूर्ण बैठकले आइतवार देशभरका अदालत तथा न्यायाधीकरणमा समेत शोक बिदा मनाउने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालले बताए। शर्माको निधनले राष्ट्रप्रेमी न्यायिक व्यक्तित्वलाई गुमाएको पूर्ण बैठकको निर्णयमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell