PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

'पुष्पा २ : दी रुल' ले तोड्ला बाहुबली २ को रेकर्ड? मनिष साह भन्छन् 'सम्भव छ'



पहिलोपोस्ट

'पुष्पा २ : दी रुल' ले तोड्ला बाहुबली २ को रेकर्ड? मनिष साह भन्छन् 'सम्भव छ'

अल्लु अर्जुन अभिनित फिल्म पुष्पा : दी राइज पार्ट वान रिलिज भएको पहिलो दिन जम्मा ३ करोड ३३ लाख रुपैयाँ कलेक्सन भएको थियो। तर, अवस्था एकैनास भएन। पुष्पा दर्शकले रुचाए भने प्रतिस्पर्धामा अरु फिल्म आउन सकेनन्, आउने तयारीमा रहेकाहरु पनि रिलिज स्थगितको अवस्थामा पुगे। यसको फाइदा पुष्पालाई हुन पुग्यो। फिल्मले करिब ९० करोड रुपैयाँको सीमा पार गर्नै लागेको छ। पुष्पको यो सफलताले यसको सिक्वेल चर्चाले अहिलेदेखि नै उचाई लिन थालेको छ।

फिल्मको सिक्बेल छिट्टै नै फ्लोरमा जाने तयारीमा छ।  'पुष्पा २ : दी रुल' छिट्टै नै सुटिङमा जाने तयारीमा छ। बलिउड हंगामाले गोल्डमाइन टेलिफिल्मसका मनिष साहलाई उदृत गर्दै भनेको छ - 'फिल्मको काम मार्च वा अप्रिलमा सुरु हुनेछ।'   

२०२२ मा फिल्म हलमा भने रिलिज नहुने साहले बताएका छन्। 'सायद यो २०२३ मा रिलिज हुनेछ,' साहले प्रष्ट्याएका छन्। 

फिल्मको सुटिङका लागि २ सय ५० दिन लाग्ने अपेक्षा गरिएको छ। पुष्पा : दी राइज पार्ट को लागि २ सय १० दिन लागेको थियो। त्यसैले फिल्म रिलिजको मिति सुटिङमा लाग्ने समयले निर्धारण हुने छ।

फिल्मका ट्रेड एनलिस्टलाई मान्ने हो भने यसको सिक्वेलले जबरजस्त कमाइ गर्ने छ। के बाहुबली २ को रेकर्डलाई यसलाई तोड्न सक्ला?

मनिष साहले  भनेका छन्, 'त्यो सम्भावना छ। बाहुबलीको पहिलो भागको कलेक्सन १ सय २० करोड थियो। पुष्पाको ९३ देखि ९४ करोड हुँदैछ। अन्तर ३० प्रतिशत अन्तर हो यो। हामीले ५० प्रतिशत मेहनत गर्‍यौं भने बाहुबली २ को रेकर्ड तोड्न सक्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell