PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

१६ जनाको संक्रमणकै बिच मृत्यु, थपिए १०२५४ संक्रमित : परीक्षणको ५० प्रतिशतभन्दा धेरैमा रिजल्ट पोजेटिभ



पहिलोपोस्ट

१६ जनाको संक्रमणकै बिच मृत्यु, थपिए १०२५४ संक्रमित : परीक्षणको ५० प्रतिशतभन्दा धेरैमा रिजल्ट पोजेटिभ

काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड १९ संक्रमणकै बिच १६ जनाको मृत्यु भएको छ। १० हजार २ सय ५४ जना नयाँ संक्रमित पनि थपिएका छन्।

२० हजार १ सय ८७ जनामा परीक्षण गर्दा ५० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। ८ हजार २ सय १२ जना संक्रमित आरटी पीसीआर परीक्षणबाट पहिचान भएका हुन् भने २ हजार ४२ जना एन्टीजेन परीक्षणबाट।

यस अवधिमा ७ सय ८ जना मानिस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा संक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको छ। 

यस अवधिमा १ लाख ९६ हजार ८ सय ५७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell