PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आहा रारा गोल्डकप : बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा



पहिलोपोस्ट

आहा रारा गोल्डकप : बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
तस्बीर : सुदर्शन रञ्जित

पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।आज पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी मिनेसोटा युएसएलाई हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ४७ औं मिगल पेलाफक्सले गोल गर्दै बीवाईएससीलाई सुरुआती अग्रता दिएका थिए।

तर, ७० औं मिनेटमा एपीएफ खेलमा बराबरी बनाएको थियो। एपीएफका तर्फबाट आवाश लामिछानेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि रवी थिङले दुई गोल थप्दै एपीएफलाई ३ -१ ले अग्रता दिलाउन सफल भए। खेलको ८४ औं मिनेट र इन्जुरी टाइममा उनले गोल गरेका थिए।

एपीएफले यसअघि बिहिवार भएको उद्घाटन खेलमा आयोजक टिम सहारा क्लबलाई हराएको थियो। २-० ले सहारालाई हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको थियो। आजको क्वाटर फाइनल खेलमा जित निकालेको एपीएफ अब संकटार मछिन्द्र क्लबबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell