PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आर्मी बन्यो राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन



पहिलोपोस्ट

आर्मी बन्यो राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन

वीरगंज: सहाना प्रधान स्मृति चौथो संस्करणको राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले उचालेको छ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिवारमा आयोजित फाइनल खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई १-० गोलअन्तरले हराउँदै उपाधि जितेको हो। आर्मीको जितमा सरस्वती तामाङले खेलको ५२ मिनेटमा निर्णायक गोल गरिन्।

सुदूरपश्चिम टिमले अथक प्रयास गर्दा पनि गोल हान्न सकेन। फाइनल खेलको उत्कृष्ट खेलाडी नेपाल आर्मीकी सीतामाया बल घोषित भइन्। प्रतियोगिताको विजेताले नगद २५ हजारसहित ट्रफी र प्रमाण पत्र पाएको छ भने उपविजेता सुदूरपश्चिमले नगद १५ हजारसहित ट्रफी र प्रमाण पत्र पाएको नेपाल हक्की संघले जनाएको छ।

त्यसैगरी,प्रतियोगिता भरीमा प्रदर्शनको अधारमा इमर्जिङ् खेलाडी गण्डकी प्रदेशकी सविना पुन , सर्वोत्कृष्ट गोलकर्ता नेपाल आर्मीकी कमला चन्द, उत्कृष्ट गोलकिपर गण्डकीकी समीक्षा पुन, उत्कृष्ट डिफेन्डर सुदूरपश्चिमकी सन्जु चौधरी र प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी आर्मीकी अन्जना चन्द ठकुरी घोषित भएकी हुन्। यी ५ समुहकै उत्कृष्टखेलाडीले नगद ५ हजारसहित मेडल र मायाको चिनो पाएको थिए।

त्यसैगरी,१० हजार नगदसहित प्रमाणपत्र सहितको तेस्रो स्थान गण्डकी प्रदेशले पाएको छ। आजै विहान मधेश प्रदेशसँग भएको खेलमा गण्डकीले ट्राईब्रेकरमा पराजित गर्दै तेस्रो स्थान ल्याएको थियो। गत माघ ४ गतेदेखि जारी ५ दिने राष्ट्रिय महिला हक्की प्रतियोगिताको चौथो संस्करणमा नेपाल आर्मी, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी, मधेश प्रदेश र प्रदेश १ गर कुल ६ वटा टिमहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell