PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मन्दिरको ताल्चा तोडेर ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी



पहिलोपोस्ट

मन्दिरको ताल्चा तोडेर ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी
तस्विर : नेवाज्

काठमाडौं : ललितपुरको सुनाकोठी स्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ। शनिवार राति मूर्ति चोरी भएको प्रहरीमा जानकारी आएको छ। राति १२ बजेदेखि ४ बजेभित्र मूर्ति चोरी भएको हुनसक्ने देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए।

'पुजारीले पूजा गर्न जाँदा मुर्ति नदेखेपछि वडाध्यक्षलाई सम्पर्क गर्नु भएको रहेछ। त्यसपछि हामीले जानकारी पाएका हौं। हाम्रो टोलीले अहिले मूर्ति खोजी तथा अनुसन्धान गरिरहेको छ,' एसएसपी पोखरेले भने।

मूर्ति मन्दिरको ताल्चा तोडेर भएको देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय उपत्यकामा मूर्ति चोरीको घटना बढिरहेको छ। केही साता अघि काठमाडौंको इचंगु र ललितपुरको हरिसिद्धिबाट पनि मूर्ति चोरी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell