PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हेर्नुस् सार्वजनिक यातायातमा यात्रुको हालत ! यसले कोरोना रोक्छ कि फैलाउँछ?

हेर्नुस् सार्वजनिक यातायातमा यात्रुको हालत ! यसले कोरोना रोक्छ कि फैलाउँछ?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै सवारीमा जोर बिजोर प्रणाली लागू गरेको छ। सँगै बहस छेडिएको छ - सडकमा यातायात खुकुलो बनाउँदा संक्रमणको रफ्तार रोकिन्छ त? 

माथिको तस्बिर सडकमा सार्वजनिक सवारी कम गुड्दा के हुन्छ भन्ने जवाफ दिएको छ। बसमा मानिसहरु कोचिएका छन् - जबरजस्ती। सिट संख्या र संक्रमणका बिचमा यातायात सञ्चालनको मापदण्डको धज्जी उडेको छ - दृश्यले त्यही बोल्छ।

आज बिजोर गाडीको पालो। त्यसैले सडकमा जोर गाडी खासै देखिएको छैन। फाट्टफुट्ट जोर नम्बरका सबारी नचलेको होइन। ट्राफिक प्रहरीको चेकिङ पनि खासै धेरै ठाउँमा छैन। जहाँ छ त्यहाँ पनि आँखा छलेर सवारी कुदाउनेहरु देखिन्छन्। 

जोर बिजोरका कारण सार्वजनिक यातायातमा निर्भर हुने यात्रुहरु भने अलपत्र देखिन्छन्। त्यसैले सीमित बसमा कोचिएरै भए पनि यात्रा गर्नु उनीहरुको बाध्यता बनेको छ। यसले संक्रमण नियन्त्रण त परै जावस् बिस्तारमा भने 'योगदान' दिने छ।

शहरका सीमित चोकमा ट्राफिक प्रहरीले चेक गरेको देखिन्छ। त्यस्ता ठाउँमा मोटरसाइकल, कार र केही सार्वजनिक यातायातका साधनलाई कारवाही समेत गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell