PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

एमालेका अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण



पहिलोपोस्ट

एमालेका अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण
कोभिड १९ विरुद्ध खोप लिँदा ओली र शाक्य। फाइल फोटो : राजन काफ्ले

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड-१९ संक्रमण देखिएको छ। 

शनिवार गरिएको परीक्षणणमा ओलीलाई संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। केही दिनदेखि स्वास्थ्य असहज भएपछि परीक्षण गरिएको थियो।

पहिलो र दोस्रो लहरको संक्रमणका बेलामा सुरक्षित रहेका ओलीलाई यस पटक भने संक्रमण पुष्टि भएको हो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले बालकोट स्थित निवासमा आराम गरिरहेका छन्।

यसअघि एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतलाई पनि संक्रमण देखिएको थियो। पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुमा संक्रमण देखिन थालेको छ।

*ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण भएको जानकारी उनको सचिवालयले दिएको थियो। तर, पछि नेकपा एमालेका प्रचार विभाग उप प्रमुख विष्णु रिजालले शाक्यलाई संक्रमण नभएको ट्विट मार्फत जानकारी गराएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell