PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

लुम्बिनी र मधेश प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रजिअलाई गृहमन्त्री खाणको टेलिफोन



पहिलोपोस्ट

लुम्बिनी र मधेश प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रजिअलाई गृहमन्त्री खाणको टेलिफोन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन्।

गृहमन्त्री खाणले आइतवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका तथा सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।

गृहमन्त्री खाणले जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सितलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका हुन्। 

‘गृहमन्त्री खाणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा जोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेशनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउने व्यवस्थाबारे पनि चासो राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell