PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जर्मनीका जल सेना प्रमुखले दिए राजीनामा, युक्रेनको विषयले तातेको युरोप



पहिलोपोस्ट

जर्मनीका जल सेना प्रमुखले दिए राजीनामा, युक्रेनको विषयले तातेको युरोप
BUNDESWEHR

आफ्नो विवादास्पद अभिव्यक्तिका कारण जर्मनीका जल सेना प्रमुखले राजीनामा दिएका छन्। युक्रेनको विषयलाई लिएर दिएको अभिव्यक्ति विवादित भएपछि के अचिम शाँनबाचोले राजीनामा दिएका हुन्। 

रसियाले युक्रेन कब्जा गर्न खोजेको भनाइ वाइह्यात बताउँदै उनले रसियन राष्ट्रपति पुटिनले सम्मान चाहेको जनाएका थिए।

अमेरिका र बेलायत लगायत धेरै मुलुकहरुले युक्रेनलाई हतियार उपलब्ध गराएका छन्। तर, जर्मनीले युक्रेनको अनुरोधलाई अस्वीकार गरेको थियो।

रसियाले पनि युक्रेनमाथि आक्रमणको विषयलाई गतल दावी गरेको छ। साथै राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो मुलुकको सुरक्षामा असर पार्ने गतिविधि नगर्न युरोपेली मुलुकहरुलाई आग्रह गरेका छन्। रसिया युक्रेन नाटोको सुरक्षा संयन्त्रसँग जोडिएको हेर्न चाहँदैन। 

पुटिनले नाटोको सैन्य अभ्यास रोकिनुपर्ने बताएका छन्। साथै पूर्वी युरोपमा हतियार निर्यात रोक लगाउन भनेका छन्। हतियार निर्यातले रसियाको सुरक्षा चुनौति थपिएको उनको दावी छ।

के अचिम शाँनबाचोले शनिवार आफ्नो पदबाट राजीनामा दिँदै सम्भावित दुर्घटना नहोस् भनेका छन्। भारतमा आयोजित थिङ्क ट्याङ्क छलफलका क्रममा उनले बोलेको विषय पछि सोसल मिडियामा भाइरल भएको थियो। उनले पुटिनलाई अन्य युरोपेली नेता सरह व्यवहार गरिनुपर्ने बताएका थिए। 

उनको उक्त अभिव्यक्तिलाई लिएर युक्रेनका विदेश मन्त्रीले आपत्ती जनाएका थिए। रसियाले युक्रेनमा सैन्य शक्ति उतारेपछि युरोपको राजीनिति नराम्रारी तातेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell