PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

प्रचण्ड पत्नी सीता दाहाललाई कोभिड-१९ संक्रमणपछि निमोनिया, आईसीयूमा उपचार हुँदै



पहिलोपोस्ट

प्रचण्ड पत्नी सीता दाहाललाई कोभिड-१९ संक्रमणपछि निमोनिया, आईसीयूमा उपचार हुँदै
उपचारका लागि सीतालाई भारत लैजाँदाको फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोभिड-१९ संक्रमणपछि अस्पताल भर्ना गरिएको छ।

शुक्रवार उनलाई संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ। संक्रमण पुष्टि भएपछि मेडिसिटीमा उनलाई भर्ना गरिएको हो। संक्रमणपछि निमोनिया देखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। सीतालाई आईसीयूमै राखेर उपचार भइरहेको छ।

'आईसीयूमै हुनुहुन्छ। उहाँलाई निमोनिया पनि भएको थियो,' उनले भने। अहिले भने स्वास्थ्यमा केही सुधार भएको मल्लको भनाइ छ।

यसअघि प्रचण्ड पनि कोभिड-१९ संक्रमित भएका थिए। उनलाई संक्रमण देखिए पनि स्वास्थ्यमा खासै जटिलता नदेखिपछि घरमै आइसोलेसनमा बसेका थिए। हाल भने प्रचण्ड संक्रमणमुक्त भइसकेका छन्।

प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन्। प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगले बिरामी भएकी उनलाई भारत लगायत धेरै ठाउँका अस्पतालमा उपचार गरिएको थियो। सन्चो नभएपछि उनी पछिल्लो समय घरमै आराम गरिरहेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell